Lucky-Khabar_

महिला ट्राफिक प्रहरीले अब महिनावारीको बेला ४ दिन ड्युटी गर्नु नपर्ने

१५ जेठ,काठमाडौं ।उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतत्र दिवशको अवशरमा बताएका छन्,अब महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था गरेका छन् । त्यसको बदलामा मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने मद्दत गर्ने छन् ।

content ad p2

गृहमन्त्री लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् जनाएका हुन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको बदलामा सडकमा सहयोग गर्ने छन् ।’

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर