बिरगंज,काठमाडौं।कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा सहकारी ठगी अभियोगमा प्रहरीले पक्राउ परेको छ|

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको छ । लामा पशुपति सेभिङ एण्ड क्रेडिटको पनि सञ्चालक भएको अवस्थामा फरार रहेको थिए। लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप लागेको छ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ परेका थिए। यो सम्बन्धमा छानवीन गर्न संसदीय छानवीन समिति गठन समेत बनिसकेको छ भनि जानकारी प्राप्त भएको छ।


