Lucky-Khabar_

जनकपुरमा दुई दिने श्रमाधान रोजगार मेला सुरु

जनकपुर । राजधानी जनकपुरमा श्रमाधान रोजगार मेला सुरु भएको छ । १९ र २० गते दुई दिन चल्ने मेलाको उद्धघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका हुन् ।

content ad p2

मेलाको उद्धघाटन गर्दै आफ्नो मन्तव्यमा मन्त्री अर्यालले मधेश प्रदेशमा रोजगार क्षेत्रमा निकै समस्या रहेको र यहि प्रदेशबाट उल्लेख्य सङख्यामा नागरिकहरु बैदेशिक रोजगारीमा जाने गरेको बताए । उनले आफ्नो उद्योगमा धेरैभन्दा धेरै युवाहरुलाई रोजगार दिन प्रदेशका उद्योगीहरुसँग आग्रह व्यक्त गरेका छन् ।

श्रमाधान रोजगार मेलाले श्रम क्षेत्रका समस्या समाधान गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास मन्त्रि आर्यालले व्यक्त गरे । यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न सकिदैन, तर पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु भनि मन्त्री अर्यालले बताए।

त्यस्तै आगामी दिनहरुमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ थियो । यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रम बजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि सम्पूर्ण नागरिकसँग अनुरोध गरे ।

दुई दिने मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ ।

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर