Lucky-Khabar_

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्री सहित तथा मन्त्रीहरुले लिए शपथ

२५ जेठ,जनकपुर । मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरु समेतले पद तथा गोपनीयताको शपथ लिए । प्रदेश सभाको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमबिच मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ खाएका हुन ।

content ad p2

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन । नवनियुक्त मुख्यमन्त्री सतिस कु. सिंहले शपथ लिँदै मन्त्रीमण्डलसमेत विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहले आजै १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन ।

मधेश प्रदेशमा मुख्यमन्त्री सहित सरकारमा ९ मन्त्री ३ जना राज्यमन्त्री गरी १४ सदस्यीय मन्त्रीमण्डलको विस्तार भएको छ ।

मुख्यमन्त्री सतिस कु. सिंह नेतृत्वको सरकारमा अर्थमन्त्रीमा भरत साह, भौतिक मन्त्रीमा सरोज यादव, कृषि मन्त्रीमा गोविन्द न्यौपाने, उद्योग मन्त्रीमा युवराज, शिक्षा मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य मन्त्रीमा शत्रुधन सिंह, उर्जा मन्त्रीमा बेची लुङगेली, खेलकुद मन्त्रीमा प्रमोद जैसवाललाई नियुक्त गरिएको छ ।
त्यसतै गृह मन्त्रीमा बिमला अन्सारी र श्रम मन्त्रीमा उर्मिला चौधरीलाई नियुक्त गरिएको छ । त्यसैगरी स्वास्थ्य राज्यमन्त्रीमा केशव राय, शिक्षा राज्यमन्त्रीमा शारदा देबी थापा र बिना विभागीय राज्यमन्त्रीमा रंजु कुमारी मण्डललाई नियुक्त गरिएको छ भनि जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर