Lucky-Khabar_

श्रीमतीसित छोडपत्र पछी हत्या

काठमाडौं । नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले दाङको तुलसीपुरमा छोडपत्र भइसकेकी श्रीमतीको हत्या गरेका छन् ।

content ad p2

अन्दाजी ३० वर्षीया टीका रावत ज्यान जोगाउन डेरा कोठाबाट भागेर छिमेकीको घरमा पुगे पनि शालिकराम त्यहीँ पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डी.एस.पी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भए पनि केही लाख लेनदेन बाँकी नै थियो । आफ्ना सामान लिन भनेर शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुग्दा विवाद भएपछि घटना भएको रहेछ।

सल्यानको कपुरकोट गाउँपालिका ६ घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए ।घटना पछी उनी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छन् ।

बुढाथोकीले अछामको कमलबजार नगरपालिका घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापालाई पनि आक्रमण गरी घाइते बनाएका छन् । टाउको र काखीमा चोट लागेका थापाको उपचार जारी छ भने प्रहरीले जनाएको छ ।

सैनिक जवान थापा माथिको आक्रमण र सोही दिन टीकाको हत्या भएको घटनाको सम्बन्ध केलाउँदै अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर