Lucky-Khabar_

टिकेन एक रात पनि गठबन्धन,भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि : गृहमन्त्री लामिछाने

१८ असार,काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण बदलिएको टिप्पणी गरेका छन्।

content ad p2

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको टिप्पणी गरेका हुन्।

उनले कसलाई जोगाउनका लागि सत्ता समीकरणमा फेरबदल आएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताउँदै भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिक्न नसक्ने भएको बताए।

गृहमन्त्री लामिछानेले कांग्रेस–एमालेको गठबन्धनमा रास्वपा नजाने स्पष्ट गरेका छन्।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर