Lucky-Khabar_

गिरिजा प्रसाद कोइरालाको शालिक वीरगञ्जमा पुनःअनावरण

१८असार,वीरगञ्ज । वीरगञ्जमा भत्किएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालिक फेरि ठडिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउण्डेशनले पुनर्निर्माण गरि ठड्याएको शालिक मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अनावरण गरेका हुन्। स्व. कोइरालाको १०१ औं जन्मजयन्तिका अवसरमा पुनर्निर्मित शालिकको अनावरण पुन:गरिएको हो।
शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, शंकर चौधरी, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, संविधानसभा सदस्य अजय द्विवेदी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकाे उपस्थिति थियो।

content ad p2

फाउण्डेसनले २०७२ असार १८ गते स्थापना गरेको स्व. कोइरालाको शालिक मधेस आन्दोलनमा २०७२ भदौं १५ गतेका दिन आन्दोलनकारीले तोडफोड गरेर भत्काएका थिए। त्यही स्थानमा अहिले फेरि स्व. कोइरालाको पूर्ण कदको नयाँ शालिक निर्माण गरी अनावरण गरिएको हो।

कांग्रेस पर्सा २ का क्षेत्रीय सभापति तथा फाउण्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद शाहबुद्धिनका अनुसार, मधेस प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट इदगाह चोकमा स्व. कोइरालाको पूर्ण कदको नयाँ शालिक निर्माण गरी अनावरण गरिएको हो। पित्तल लगायतका धातुबाट निर्मित करिब ६ फिट उचाईको उक्त शालिक ११ लाख रुपैयाँमा काठमाडौंबाट खरिद गरेर ल्याइएको उनले बताए।
बाँकी ५ लाख रुपैयाँ शालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको बताए।

प्रथम पटक निर्माण गरिएको शालिक तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति सुशिल कोइरालाले अनावरण गरेका थिए। मधेस आन्दोलनताका तोडफोड भएपछि पुनःनिर्माण गरेर शालिक अनावरण गरिएको हो।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर