Lucky-Khabar_

पहिरोले जताततै कहाँ कहाँ सडक बन्द छ ?

२२ असार,काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ ।

content ad p2

पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन। पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध छ।


शनिबार बिहानदेखि मात्रै पाँच वटा राजमार्ग अवरुद्ध छन्। धैरेनीमा सडक अवरुद्ध हुँदा मेची राजमार्ग,प्यूठानको सिमलचौरमा सडक अवरुद्ध हुँदा भालुवाङ–लिवाङ–रोल्पा सडक, म्याग्दीको तातोपानीमा सडक अवरुद्ध हुँदा तानसेन–रिडी–कोरला राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।

सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर