२८ असार, चितवन । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये काठमाडौंबाट गौर आइरहेकोबा.प्र.०३-००३ख २४९५नं.गणपति डिलक्समा ४१ जना यात्रु रहेका थिए ।
र वीरगञ्ज बाट काठमाडौँ गइरहेको एन्जल बा.प्र.०३-००६ख १५१६ नं.को बस थियो |
एन्जल बसमा यात्रु भारतीय ७ जना,नेपालि १४ जना,बस स्टाफ चालक जवाहिर महतो बिरगंज महानगरपालिका-१६ पर्साको १,सहचालक १ र कन्टेकटर १ जम्मा २४ जना थिए |के कस्तो क्षति र उपलब्धि भएकोबिबरण आउँन बाकि छ |

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।



