Lucky-Khabar_

नेटोले युक्रेनलाई चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता दिने घोषणा

२८असार,संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित बैठकमा नेटो गठबन्धनका नेताहरूले चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्ने बताएका छन्।

content ad p2

पश्चिमा मुलुकहरूको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्यराष्ट्रहरूले युक्रेनलाई भविष्यमा उक्त गठबन्धनको सदस्य बन्न “अपरिवर्तनीय मार्ग” खोल्ने आश्वासन पनि दिएका छन्।
सदस्यताका लागि औपचारिक समयसीमा भने निर्धारण गरिएको छैन। यद्यपि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो “अटल” समर्थन रहने प्रतिबद्धता जनाएका छन् ।
पदावधि सकिन लागेका महासचिव जेन्स स्टोल्टन्बर्गले प्रस्तुत गरेका संयुक्त वक्तव्यमा आगामी वर्षमा नेटोले युक्रेनलाई गर्ने त्यस्तो सैन्य सहयोगको उल्लेख गरिएको छ।२८
त्यस्तो सैन्य सहयोगमा एफ १६ लडाकु जेट र हवाई आक्रमण प्रतिरक्षा प्रणालीहरू पनि पर्ने छन्। स्टोल्टन्बर्गले युक्रेनलाई गरिने सहयोग कुनै दानदातव्य नभई नेटोको आफ्नै सुरक्षा चासोको रक्षार्थ भएको जानकारी गराए।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर