Lucky-Khabar_

जन्ती बोकेको जीप रौतहटमा दुर्घटना, २को मृत्यु

२८ असार, रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

content ad p2

देवाही गोनाही नगरपालिका रौतहटको धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा दुर्घटना भएको हो ।

भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

आज बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जीप नहरबाट तल पानीमा झरेको थियो । जीपमा १२ जना सवार रहेका थिए ।

दुर्घटना पश्चात ३ जनालाई अस्पताल गएको र अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर