Lucky-Khabar_

६ खेलाडी युरो २०२४ मा सर्वाधिक गोलकर्ता

३१ असार, काठमाडौं । युरो २०२४ मा ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

content ad p2

फाइनलमा पुगेका स्पेनका डानी ओल्मो र इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई गोल थप्दै सर्वाधिक गोलकर्ताको अवार्ड एक्लै जित्ने अवसर थियो ।

तर फाइनलमा यी दुवै खेलाडीले गोल गर्न नसकेपछि ३-३ गोल गरेका ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

यसमा ओल्मो र केनसँगै जर्मनीका जमाल मुसिएला, नेदरल्याण्ड्सका कोडी गाक्पो, स्लोभाकियाका इभान रान्सज र जर्जियाका जिओर्जस मिकाउडाड्जे छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले यसपटक देखि एकभन्दा बढी खेलाडीको समान गोल भएमा ट्रफी बाँड्ने नियम ल्याएको छ ।

यसअघि यूईएफएले समान गोल भए असिस्टका आधारमा सर्वाधिक गोलकर्तालाई अवार्ड दिंदै आएको थियो । यसपटक पनि त्यही नियम लागू भएको भए २ असिस्ट समेत गरेका ओल्मोले नै सर्वाधिक गोलकर्ताको अवार्ड पाउँथे ।

यसअघि २०२० को युरोमा क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकले समान गोल गरेका थिए तर असिस्ट पनि गरेको आधभारमा रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका थिए ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर