Lucky-Khabar_

कांग्रेसकाबाट मन्त्रीहरु : गृहमा लेखक, परराष्ट्रमा आरजु, कानुनमा अजय चौरसिया

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु आफ्नो पार्टीबाट मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफलमा जुटेका छन् ।

content ad p2

सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार हुनेछ । एक नेताका अनुसार एकाध बाहेक अधिकांश नाम टुंगो लागेको छ ।
स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् ।

उनको मन्त्रालय भने टुंगो लागेको छैन । उनले रक्षा मन्त्रालय भए सहज हुने बताएका थिए । तर भागबण्डामा त्यो एमालेलाई परेका कारण मन्त्रालय टुंगो लागेको छैन । ‘उहाँले उपप्रधानमन्त्री भए सरकारमा जान्छु भन्नु भएको थियो, त्यो भयो,’ एक नेता भन्छन्, ‘मन्त्रालयमा यो नै हुनुपर्छ भन्ने छैन ।’

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछन् । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।

दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने सम्भावना छ ।

मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन्, तर अहिलेसम्म उनको मन्त्रालय टुंगिएको छैन ।

शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो ।

तर सभापति देउवाले ३ तीन मात्र दिनसक्ने भनेका छन् । अब ककसलाई पठाउने भनेर टुंगो लगाउने शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् भने जानकारी प्राप्त भएको छ |।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर