Lucky-Khabar_

नेकपा एमालेले आफ्नो पार्टीबाट मन्त्रीहरूको नाम टुंगो लगायो, प्रधानमन्त्री ओलीले आज सपथ लिने

३१असार,काठमाडौं। नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा गएराति बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो।

content ad p2

बैठकमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई, र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय भएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र नौ वटा मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित सपथ लिने तयारी गरेका छन्।

गएराति बालकोटमा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, र उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए। त्यसअघि प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पनि भेट गरेका थिए भने जानकारी भएको छ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर