Lucky-Khabar_

वीरगञ्ज पथलैया सडक खण्डको हिमाल आयरन चोकमा बस दुर्घटना, १५ घाईते ३ जना गम्भीर

१ साउन,वीरगञ्ज । वीरगञ्ज पथलैया सडकखण्डमा भएको यात्रुवाहक बस दुर्घटना भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए । उनकाअनुसार वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको हो ।

content ad p2

भारत बेन्च कम्पनीदेखि ५० मीटर दक्षिणतिर र ज्योती फर्मको अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक खतिवडाले बताएका छन् ।

उनले यात्रा डेलीलाई उपलब्ध गराएको जानकारीअनुसार गम्भिर घाइते मध्ये एक जना आफ्नो परिचयसमेत बताउन नसक्ने अवस्थामा छन् । उनको अनुहारमा चोट लागेको छ । यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ अमलेखगञ्ज बस्ने ३३ वर्षीय शंकर गुरुङ्को अवस्था पनि गम्भिर छ । उनको टाउकोमा चोट लागेको छ ।
बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर बस्ने २१ वर्षीय कन्हैया गुप्ता पनि गम्भिर छन् । उनको दाहिने कान, अनुहार र शरिरमा चोट लागेको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय सागर गोलेको अवस्था मध्यम छ ।

उनीसँगै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय अमिर थापा, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी बस्ने ५० वर्षीय दिपेन्द्र कुमार गुप्ता, वीरगञ्ज १५ भिस्वा बस्ने ४२ वर्षीय बिक्रम राना मगर, चितवनको कालिका गाउँपालिका ५ बस्ने ५५ वर्षीय तिलक भट्टराई, बाराको गढीमाई नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय सर्वजित राम र भारतको रक्सौल बस्ने १८ वर्षीय सहिल अंसारी पनि घाइते छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाए ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय सुमन लामा, वीरगञ्ज ६ माइस्थान बस्ने १८ वर्षीय सोयब अन्सारी, हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ५३ वर्षीय गौरी श्रेष्ठ सामान्य घाइते छन् । श्रेष्ठ बाराको लिपनी स्वास्थ्य चौकीमा कार्यरत छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ३९ वर्षीय सरस्वती काफ्ले पनि सामान्य घाइते छिन् । उनी बाराको परवानीपुर गाउँपालिका वडा नम्बर २ रामपुर स्वास्थ्य चौकीमा कार्यरत छिन् ।

त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षीय जानुका ढुङ्गाना पनि सामान्य घाइते भएकी छिन् । उनी सरकारी वकिलको कार्यालय पर्सामा कार्यरत रहेको प्रहरी निरीक्षक खतिवडाले बताए । घाइतेहरुको वीरगञ्जको गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा उपचार भइरहेको भनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर