Lucky-Khabar_

भारत युपी राज्यको गोंडामा ठुलो रेल दुर्घटना

३ साउन,वीरगञ्ज । भारतको युपी राज्यको गोंडामा बिहीबार दिउँसो ठूलो रेल दुर्घटना भएको छ।
चण्डीगढबाट गोरखपुर हुँदै असम जाँदै गरेको डिब्रुगढ एक्सप्रेसका १० वटा डिब्बा पटरीबाट खसेका छन् । दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

content ad p2

घटना गोरखपुर रेलवे खण्डको मोतीगञ्ज सीमामा भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ रेलका सबै वरिष्ठ अधिकारी घटनास्थलमा पुगेका छन् र उद्धार कार्य जारी छ।


रेल चण्डीगढबाट सुरु भएको थियो र यो दुर्घटना गोंडाभन्दा करिब २० किलोमिटर अगाडि भएको थियो । दुईवटा बोगी पूर्ण रूपमा पटरीबाट खसेका छन् । ट्र्याकहरू पनि उखेलिएका छन् । क्षतिग्रस्त कोचमा फसेका यात्रुलाई बाहिर निकाल्ने काम भइरहेको छभनि जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर