Lucky-Khabar_

आमा छोरामाथि राँचीबाट रक्सौल हुँदै नेपाल आउने रेलमै लुटपात र कुटपिट

६साउन|वीरगञ्ज ।भारतको राँचीबाट रक्सौल भएर नेपाल आउने आमा छोरा रेलमै कुटिएका छन् । नेपालको त्रिशूली देवी घाट पुस्तैनी घर भई हाल भारत राँचीमा बस्ने संगीता कुमारी प्रधान र उनका छोरा इन्द्रजीत सिंहलाई रेलमै अज्ञात युवकको समूहले कुटपिट र लुटपात गरेको हो ।

content ad p2


राँचीबाट हैदराबादको रेलमा चढेर आउँदै गर्दा झाझा भन्ने ठाउँमा रेलमा चढेका ८/१० जना युवकले कुटपिट गरी मोबाइल र नगद तीन हजार रुपैयाँ लुटेर लगेको आमा संगीता कुमारी प्रधानले दुखेसो पोखिन् । नेपाली नागरिक देखेर गालीगलौजसँगै कुटपिट गरेको उनले बताइन् । रेलमा सुरक्षा व्यवस्था नभएको भन्दै उनले आक्रोश पोखिन् । रेलमा सुरक्षाकर्मी नहुनुले लुटिन र कुटिन परेको भन्दै उनले गुनासो गरिन् ।
बरौनीमा आएर जीआरपीलाई गुनासो गर्नका लागि उत्रिदा रेल छुट्छ भनेर नभ्याएपछि रक्सौलमा उत्रिएर गुनासो गरेको उनले बताइन् । उनका पती त्रिभुवन सिंह राँचीको थाना डोरंडामै छन् । कुटपिटबाट आमा र छोरा दुबैलाई चोट लागेको छ ।

रक्सौलमा आएपछि एक जना टिटी एस कुमारले सहयोग गरेको उनले बताइन् । उनकाअनुसार टिटी एस कुमारले एसी क्याबिन (बगही) मा लिएर राखेपछि केही राहत र सुरक्षित महसुस भएको थियो ।

उपचारपछि वीरगञ्ज फर्किएर वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा पुगेर रेलमा भएको असुरक्षासँगै कुटपिट र लुटपातको बारेमा गुनासो गर्ने पिडितको योजना छ । कुटपिट गर्ने समूहका एक जनाको अनुहार फोटोमा कैद भएको छ । उसैको खोजी गरेर उसकै बयानको आधारमा अरुको पनि पहिचान गरी आवश्यक कारवाही गर्ने रक्सौल प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर