Lucky-Khabar_

आमा छोरामाथि राँचीबाट रक्सौल हुँदै नेपाल आउने रेलमै लुटपात र कुटपिट

६साउन|वीरगञ्ज ।भारतको राँचीबाट रक्सौल भएर नेपाल आउने आमा छोरा रेलमै कुटिएका छन् । नेपालको त्रिशूली देवी घाट पुस्तैनी घर भई हाल भारत राँचीमा बस्ने संगीता कुमारी प्रधान र उनका छोरा इन्द्रजीत सिंहलाई रेलमै अज्ञात युवकको समूहले कुटपिट र लुटपात गरेको हो ।

content ad p2


राँचीबाट हैदराबादको रेलमा चढेर आउँदै गर्दा झाझा भन्ने ठाउँमा रेलमा चढेका ८/१० जना युवकले कुटपिट गरी मोबाइल र नगद तीन हजार रुपैयाँ लुटेर लगेको आमा संगीता कुमारी प्रधानले दुखेसो पोखिन् । नेपाली नागरिक देखेर गालीगलौजसँगै कुटपिट गरेको उनले बताइन् । रेलमा सुरक्षा व्यवस्था नभएको भन्दै उनले आक्रोश पोखिन् । रेलमा सुरक्षाकर्मी नहुनुले लुटिन र कुटिन परेको भन्दै उनले गुनासो गरिन् ।
बरौनीमा आएर जीआरपीलाई गुनासो गर्नका लागि उत्रिदा रेल छुट्छ भनेर नभ्याएपछि रक्सौलमा उत्रिएर गुनासो गरेको उनले बताइन् । उनका पती त्रिभुवन सिंह राँचीको थाना डोरंडामै छन् । कुटपिटबाट आमा र छोरा दुबैलाई चोट लागेको छ ।

रक्सौलमा आएपछि एक जना टिटी एस कुमारले सहयोग गरेको उनले बताइन् । उनकाअनुसार टिटी एस कुमारले एसी क्याबिन (बगही) मा लिएर राखेपछि केही राहत र सुरक्षित महसुस भएको थियो ।

उपचारपछि वीरगञ्ज फर्किएर वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा पुगेर रेलमा भएको असुरक्षासँगै कुटपिट र लुटपातको बारेमा गुनासो गर्ने पिडितको योजना छ । कुटपिट गर्ने समूहका एक जनाको अनुहार फोटोमा कैद भएको छ । उसैको खोजी गरेर उसकै बयानको आधारमा अरुको पनि पहिचान गरी आवश्यक कारवाही गर्ने रक्सौल प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर