Lucky-Khabar_

ऐतिहासिक धार्मिक पर्साको पर्यटन स्थल दुधेश्वर महादेव मन्दिरमा साउन मेलाको शुभारम्भ

७साउन,वीरगञ्ज। पर्साको ऐतिहासिक मुख्य धार्मिक पर्यटन स्थल दुधेश्वर महादेव मन्दिर रामभौडी भाडा धाममा साउन महिना भरी चल्ने मेला आजबाट सुरु भएको छ। हरेक चार वर्षमा आयोजना हुने यो मेला विशेष रुपमा श्रावण महिना, माघको बसन्त पञ्चमी, फागुनको महाशिवरात्रि, र बैशाखको त्रयोदशीमा मनाइन्छ।

content ad p2

दुधेश्वर महादेव मन्दिर समिति अध्यक्ष ज्ञनालाल पटेलका अनुसार, मेलामा धार्मिक जन विश्वास बोकेर आफ्ना भाकल पुरा गर्न भक्तजनहरु आउने गर्दछन्। विशेष गरी बारा, पर्सा, रौतहट, चितवन, तथा भारतका विभिन्न स्थानबाट महादेव प्रति आस्था राख्ने भक्तजनहरु मन्दिरमा भेला हुने गरेका छन्।

मेला समिति सदस्य मनोज यादवका अनुसार, मेलाको प्रमुख आकर्षणमा चारकोसे झाडी, जनावरहरुको अवलोकन, देउकी दहबाट जल भर्न पाउने, र जंगलमा हात्ती सफारी लगायतका मनोरम दृश्यहरु रहेका छन्। मेलामा आउने भक्तजनहरुले यी सबै आकर्षणहरु अवलोकन गर्न सक्नेछन्।

यो मेला धार्मिक आस्थाको प्रतीक मात्र नभई पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण मानिएको छ। मेलाले स्थानिय अर्थतन्त्रलाई सुदृढ गर्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर