Lucky-Khabar_

गएको १० वर्षमा नेपालमा हवाइ दुर्घटना भएको :

९ साउन,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको ज्यान गएको छ । विमानका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको छ र उनको उपचार भइरहेको छ । विमानमा जम्मा १९ जना सवार थिए ।

content ad p2

सौर्य एयरलाइन्स कम्पनीको विमान बिहान काठमाडौंबाट पोखराका लागि उडेको लगत्तै त्रिभुवन विमानस्थलमा दुर्घटना भएको हो । यो दुर्घटना नेपालको उड्डयन इतिहासमा दुर्लभ घटना होइन । विगतका वर्षहरूमा पनि यस्ता विमान दुर्घटना धेरै कम समयको अन्तरमा भएका छन् । नेपालमा पछिल्लो १० वर्षमै यस्ता धेरै दुर्घटना भए ।

जनवरी २०२३ मा यति एयरलाइन्सको विमान पोखरा विमानस्थलमा दुर्घटना भएको थियो । यो दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो । यस्तै मे २०२२ मा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

अप्रिल २०१९ मा लुक्ला एयरपोर्ट नजिकै एउटा विमान दुईवटा हेलिकप्टरसँग ठोक्किएको थियो । यो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । फेब्रुअरी २०१९ मा ताप्लेजुङ नजिकै भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि थिए ।

सेप्टेम्बर २०१८ मा गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर दुर्घटनामा जापानी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बंगलादेशबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।

फेब्रुअरी २०१६ मा पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । मे २०१५ मा भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको अमेरिकी हेलिकप्टर चरिकोट नजिक दुर्घटना हुँदा ६ अमेरिकी सैनिक, दुई नेपाली अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो  भनि जानकारी प्राप्त भएको छ ।

 

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर