Lucky-Khabar_

गएको १० वर्षमा नेपालमा हवाइ दुर्घटना भएको :

९ साउन,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको ज्यान गएको छ । विमानका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको छ र उनको उपचार भइरहेको छ । विमानमा जम्मा १९ जना सवार थिए ।

content ad p2

सौर्य एयरलाइन्स कम्पनीको विमान बिहान काठमाडौंबाट पोखराका लागि उडेको लगत्तै त्रिभुवन विमानस्थलमा दुर्घटना भएको हो । यो दुर्घटना नेपालको उड्डयन इतिहासमा दुर्लभ घटना होइन । विगतका वर्षहरूमा पनि यस्ता विमान दुर्घटना धेरै कम समयको अन्तरमा भएका छन् । नेपालमा पछिल्लो १० वर्षमै यस्ता धेरै दुर्घटना भए ।

जनवरी २०२३ मा यति एयरलाइन्सको विमान पोखरा विमानस्थलमा दुर्घटना भएको थियो । यो दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो । यस्तै मे २०२२ मा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

अप्रिल २०१९ मा लुक्ला एयरपोर्ट नजिकै एउटा विमान दुईवटा हेलिकप्टरसँग ठोक्किएको थियो । यो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । फेब्रुअरी २०१९ मा ताप्लेजुङ नजिकै भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि थिए ।

सेप्टेम्बर २०१८ मा गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर दुर्घटनामा जापानी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बंगलादेशबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।

फेब्रुअरी २०१६ मा पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । मे २०१५ मा भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको अमेरिकी हेलिकप्टर चरिकोट नजिक दुर्घटना हुँदा ६ अमेरिकी सैनिक, दुई नेपाली अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो  भनि जानकारी प्राप्त भएको छ ।

 

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर