Lucky-Khabar_

कांग्रेस महामन्त्री बिश्वप्प्रकाश गिरीबन्धुबारे अनुसन्धान गर्न आग्रह

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

content ad p2

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको बताए ।

यो भाष्यलाई गलत सावित गर्न गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने उनले बताए ।

सांसद शर्माले ‘गिरीबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो । प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु को हुन् ती कांग्रेसका, छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस्’ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर