१६ साउन|वीरगञ्ज – सोमबार दिउँसो प्रहरीले भारतीय नागरिकलाई नक्कली नोटसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, बेतिया ग्राम, बैरिया वडा नम्बर ३ का २२ वर्षीय अजाद आलम रहेका छन्।

आलमलाई वीरगञ्जको बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले नक्कली नेपाली एक हजार दरका दुईवटा नोटसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलले पक्राउ परेका आलममाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
नक्कली नोटसहित आलमलाई पक्राउ गरेपछि अनुसन्धानलाई प्रहरीले थप तीव्रता दिएको छ। यस घटनाले नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न प्रहरीले कडा कदम चालिरहेको छ।


