Lucky-Khabar_

चोरीको मोटरसाइकल सहित रौतहटमा एकजना चोर पक्राउ

१६ साउन,रौतहट| चार दिनभित्र तीनवटा चोरीका मोटरसाइकल र एकजना मोटरसाइकल चोरलाई इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले पछिल्लो पटक पक्राउ गरेको छ।

content ad p2

चन्द्रपुर नगरपालिका-४, मुस्लिम टोलका २४ वर्षीय हसन सरिफको नाममा रहेको प्रदेश २ ९ ०२८ प ७८३४ नम्बरको बाजाज कम्पनीको २०० सिसिको एनएस मोटरसाइकल गत ११ गते राति उनको घरैबाट चोरी भएको थियो।

कार्यालय प्रमुखको जिम्मेवारी लिएका डिएसपी राजकुमार राईको निर्देशनमा विशेष अभियान अन्तर्गत छुट्टाछुट्टै स्थानबाट यी मोटरसाइकल र चोरलाई इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले पक्राउ गरिएको हो।

चोरीको भोलिपल्ट सरिफले दिएको निवेदनको आधारमा डिएसपी राईको निर्देशन अनुसार मोटरसाइकलको इन्जिन नम्बर र चेचिस नम्बर मिलान गरी मोटरसाइकल बरामद गरिएको थियो। यसै क्रममा माधव नारायण नगरपालिका-१, दिपही गाउँका २७ वर्षीय शिवचन्द्र प्रसाद जैसवाललाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याइएको छ।

यसअघि, चन्द्रपुर नगरपालिका-९, सिन्धुरेघारीका ४२ वर्षीय ज्ञानेन्द्र चौलागाईको नाममा रहेको प्रदेश २९ ०३ ९०१७ प ९७४८ नम्बरको यामाहा कम्पनीको एफजेडएस १५० सिसिको मोटरसाइकल र सोही ठाउँका ४० वर्षीय सुबर्ण चौलागाईको नाममा रहेको प्रदेश २९ ०३ ९०१९ प ५३२५ नम्बरको एभेन्जर २२० सिसिको मोटरसाइकल गत असार ३० गते बिहान ४ बजे घर अगाडि आँगनमा एकै ठाउँमा पार्किङ गरेको अवस्थामा चोरी भएको थियो।

पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले खोजतलास गर्दै गुजरा नगरपालिका-२, कटानी स्थित नहर छेउको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको थियो।

डिएसपी राजकुमार राईले आफ्नो कार्यक्षेत्र भित्र यौन व्यापार, लागुऔषध कारोबारसहित आपराधिक क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर