Lucky-Khabar_

काठमाडौं उपत्यकाका नदी किनार र बल्खु तरकारी बजार डुबानमा

१६ साउन, काठमाडौं । रातभर परेको अबिरल बर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागमा बाढी पसेर क्षति पुर्‍याएको छ । मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ ।

तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो ।
बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर