Lucky-Khabar_

एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी

१८ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंग्याएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।

content ad p2

‘प्रस्तावित नामहरुलाई तीन नेता बसेर टुंग्याउनुभएको छ’ प्रवक्ता जगनाथ खतिवडाले भने, ‘केन्द्रीय सदस्यहरुको नामावली टुंग्याउँदा कमिटीलाई पनि पूर्णता दिइएको छ ।’ अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरुको नाम टुंग्याएका हुन् ।
एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने संख्यालाई समेत एकैपटक टुंग्याइएको हो ।

सम्बन्धित खबर

जसपा नेपालको भावी नेतृत्वबारे चर्चामा अमरेन्द्र यादवको पनि नाम जोडियो

लक्की खबर

कमन जेनजी नेपालको केन्द्रीय समिति विकेश साहको अध्यक्षमा पुनर्गठन

लक्की खबर

रवि लामिछानेको पहलमा खुल्यो संसद, हर्क साम्पाङको असहमति कायम

लक्की खबर