Lucky-Khabar_

लोकतान्त्रिकलाई सूचनाको हकले बलियो बनाउँछ| प्रदेश सभामुख मण्डलको भनाई

१८ साउन,ढल्केबर । शुक्रबार धनुषाको लालगढमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित दुई दिने सुशासनका लागि सूचनाको हक विषयक मधेश प्रदेशस्तरी गोष्ठीको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउने बताउनुभएको छ ।

content ad p2

वहाले सुचनाको हकको प्रयोगले सुशासन र पारदर्शिता कायम गर्न योगदान दिन सक्ने उल्लेख गर्नुहुँदै यसले लोकतान्त्रिक विधिलाई बलियो बनाउने धारणा राख्नु भयो । लोकतन्त्रमा सरकारी तथा सार्वजनिक निकायमा भएका हरेक गतिविधि जनताले थाहा पाउनुपर्छ उहाँले भन्नुभयो

पारदर्शिता र जिम्मेवारी सुशासनका आधार हुन् । सुशासन बिना लोकतन्त्र बलियो हुन सक्दैन त्यसैले सार्वजनिक निकायलाई उत्तरदायी र जवाफदेखि बनाउन सूचनाको हकको अधिकतम उपयोग गर्नुपर्छ ।” सुशासन र पारदर्शिताका लागि सूचनाको हक अपरिहार्य भएको सभामुख मण्डलले बताउनुभयो ।

उहाँले सूचनाको हकको प्रयोगले मानिसलाई जिम्मेवारी पनि बनाउँछ बताउनुहुँदै भन्नुभयो, “सूचनाले मानिसलाई जिम्मेवार बनाउँछ । सुचनाको आदानप्रदानले दुवै पक्षलाई जिम्मेवार बनाउँछ ।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकको हकअघिकार सुनिश्चित गर्न, सार्वजनिक निकायलाई उत्तरदायी र जबाफदेही बनाउन र सुशासन कायम राख्न सूचनाको हकको महत्त्वपूर्ण भूमिका भएको बताउनुभयो । सूचनाको हकको प्रयोगबाट भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनको अवस्था, आयोगमा प्राप्त निवेदन उजुरी, पुनरावेदनको स्थिति, सूचना प्रवाह र सुशासनका लागि भएका कार्यबारे बताउनु भयो ।

गोष्ठीमा मधेश सरकार शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, प्रदेश सभा सदस्य र आयोगका पदाधिकारी तथा बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको छ ।

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर