Lucky-Khabar_

मोबाइल फोन स्तनपान गराउँदा प्रयोग नगर्न आग्रह

१९साउन,चितवन । विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल कार्यक्रममा बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने पनि बताएका हुन् ।

content ad p2

आज भरतपुरमा आयोजित ‘विश्व स्तनपान सप्ताहका अवसरमा चिकित्सक–पत्रकार छलफल कार्यक्रम’मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन् ।

उनले भने, “आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उनले बच्चाको माया ममता पनि कम हुने जाने बताइन् ।

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा. गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि ६ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् ।

“आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिने डा.गुप्ताको बताएको छ ।

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

लक्की खबर

हरिखेतान कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री बनाउने प्रतियोगिता

लक्की खबर