Lucky-Khabar_

काठमाडौँबाट वीरगञ्ज जाने सुमो दुर्घटना हुदा १० जना घाइते

१९ साउन,हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा काठमाडौबाट बिरगंज जाँदै गरेको सुमो मधेस प्रदेश ०३–००१ ज ०३६२ दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको छ भनी प्रहरीले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर