Lucky-Khabar_

फिल्म सिटीमा रामायणका लागि १२ भव्य सेट, अयोध्या र मिथला रिक्रियट गरिँदै

१९साउन,फिल्म रामायणको छायांकन नितेश तिवारीले सुरु गरेको छ । रणवीर कपुर यस फिल्ममा रामको भूमिकामा छ । यो फिल्मले निकै चर्चा पाइरहेको संगै भव्य बनाउन मेकरहरूले कुनै कसर छाडेका छैनन् । जानकारी अनुसार पौराणिक दुनियाँ देखाउन राम्रो भन्दा राम्रो भिजुअल इफेक्टको प्रयोग गरिनेछ ।

रामायणको पौराणिक संसारलाई सकेसम्म भव्य देखाउन मुम्बईको फिल्म सिटीमा सेटहरू निर्माण भइरहेको छ । मिड डेको रिपोर्टअनुसार फिल्म सिटीमा रामायणका लागि १२ वटा भव्य ठुला सेट निर्माण भइरहेका छन् । राम र सीताका सहर अयोध्या र मिथिलालाई रिक्रियट गर्न भव्य सेटहरू बनाउने काम भइरहेका छन् । यी विशाल सेट अगस्टको मध्यसम्ममा बनेर तयार हुने बताइएको छ ।

content ad p2

सेटको निर्माण कार्य सम्पन्न भएपछि फिल्मकी मुख्य अभिनेत्री साई पल्लवी पनि रणवीर कपूरसँगै सीताको भूमिकामा छायांकनमा सहभागी हुने बताइएको छ । टिभीका रामायणका राम अरुण गोविल यस फिल्ममा दशरथको भूमिकामा देखिने बताइएको छ । केजीएफ स्टार यश रावणको भूमिकामा देखिने भएका छन् । दुई भागमा बन्ने यो फिल्ममा पहिलो भाग रामको युवावस्था देखाइनेछ । मेकरहरूले फिल्मको दोस्रो भागको केही मुख्य हिस्साहरू अहिले नै सुट गर्ने योजना बनाएका छन् भनी जानकारी भएको छ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर