Lucky-Khabar_

सप्तरीमा धान खेतमा एक जनाको शव फेला

२२ साउन,सप्तरी । छिन्नमस्ता गाउँपालिका वडा नं. १ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ। मृतकको पहिचान सिरहाको लहान निवासी ४५ वर्षीय पवनकुमार कर्णको रुपमा भएको छ। सप्तरी प्रहरीले राजविराज–कुनौली सडकको छेउमा रहेको धानखेतमा कर्णको शव घोप्टो परेको अवस्थामा फेला पारेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धान कार्य भइरहेको जानकारी दिए। मृतक कर्ण घटनास्थलनजिकै रहेको इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आएका थिए।
घटनाको थप अनुसन्धान जारी रहेको र कर्णको मृत्युको कारण पत्ता लगाउन प्रहरी लागिपरेको छ। स्थानीय बासिन्दाहरू र परिवारजनले कर्णको अचानक निधनले शोकमा डुबेका छन्।

सम्बन्धित खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर