२२ साउन, काठमाडौं । ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय सोमबार राति र मंगलबार बिहानभर परेको वर्षाका कारण फेरि डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन् ।
यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो । पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो ।
पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा परेका हुन् ।मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ ।






