Lucky-Khabar_

विपक्षी दलकी नेता खालिदा जिया बंगलादेशमा जेलमुक्त हुँदैछिन्

२२ साउन, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्त गर्न आदेश दिएका छन् ।

content ad p2

राष्ट्रपति शहाबुद्दिनबाट विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि
यस्तो आदेश आएको हो ।

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सोमबार गरेको प्रतिपक्षी दलका नेताहरु सम्मिलित बैठकमा यो विषय उठेको र पूर्वप्रधानमन्त्री जियालाई यथाशिघ्र छाड्ने निर्णय भएको बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले लेखेको छ ।

‘बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई हिरासतमुक्त गर्ने निर्णय पनि गरेको छ’, समाचारमा भनिएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो ।
७८ वर्षीया जियाको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । देश छाडेकी प्रधानमन्त्री शेख हसिनासँग जियाको लामो दुश्मनी छ ।

उनलाई भ्रष्टाचारको आरोप लागेपछि यो राजनीतिक रुपमा प्रेरित भएको भन्दै बीएनपीले आरोपहरु मिथ्या भएको बताएको थियो ।

आफ्नो श्रीमान् एवं बंगलादेशका पूर्वराष्ट्रपति जिउर रहमान मारिएपछि जियाको राजनीतिक यात्रा सुरु भएको थियो ।जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुन् । रहमानले १९७८ मा स्थापना गरेको बीएनपीमा उनी २ जनवरी १९८२ देखि संलग्न भएकी थिइन् ।

राजीनामा दिएकी प्रधानमन्त्री हसिना भने सोमबार हेलिकप्टरमार्फत भारततर्फ गएकी थिइन् । त्यसपछि उनी लण्डन जान सक्ने बताइएपनि हाल कहाँ छिन् कुनै विवरण सार्वजनिक भएको छैन ।

बंगलादेशमा सेनाले अहिले अन्तरिम सरकार गठनका लागि अग्रसरता लिएको छ । तर, यसको नेतृत्व कसले गर्छ भन्ने टुंगो लागिसकेको छैन ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर