Lucky-Khabar_

यी हुन् हसिनाको सरकार ढाल्ने ३ विद्यार्थी नेता

२२साउन,काठमाडौं ।हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीन वटा महत्त्वपूर्ण विद्यार्थी नेता रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका छन् ।

content ad p2

नाहिद इस्लाम
इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन् ।अहिले बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठुलो चेहेरा हुन्। उनले आइतबार भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने।’

इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए। २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो । पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए । इस्लामले सरकारले हिंसा जारी राखे संसद् कब्जा गर्ने बताएका थिए ।

आसिफ महमूद

महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुन् । । महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए । अन्य जस्तै उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । महमूदलाई हिरासतमा राख्नुको पछाडि सुरक्षा कारण पनि बताइयो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उनी हिरासतबाट रिहा भएका थिए । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपिल गरे । हसिनाले बङ्गलादेश छोडेपछि आसिफ महमूदले फेरि एक पटक बयान दिएका छन् । उनले देशमा सैनिक शासन अर्थात् सैन्य शासन स्वीकार नगर्ने बताएका छन् ।

अबुबकर मजुमदार

अबु बकरले शेख  ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन् । फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन्। ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका तिह्ये । उनले ‘स्वतन्त्रता सेनानी’ का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरे।

स्थानीय मिडियाका अनुसार उनीहरुले नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बङ्गलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन् । यूनुसले बङ्गलादेशमा ग्रामिण बैङ्कको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर