Lucky-Khabar_

मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

२५साउन,वीरगञ्ज ।पार्टीको निर्देशनको उल्लंघन गर्दै काम गरेको तथा मनोपरी ढंगले मन्त्रीमण्डल विस्तार गरेको भन्दै जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सिंहसंग स्पष्टीकरण सोधिएको जनाइएको छ । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले मुख्यमन्त्री सिंहसँग आज स्पष्टीकरण सोधिएको जानकारी दिए ।

content ad p2

‘मधेश प्रदेशको नेतृत्व गरिरहेका मुख्यमन्त्री सिंहले पार्टीसँग कुनै समन्वय नै नगरी काम गर्न थालेपछि उनलाई पार्टीले स्पष्टीकरण मागेको हो ।’प्रदेश सरकारको नेतृत्व सम्हालेको २ महिनामै मुख्यमन्त्री सिंहले मनपरी ढंगले काम गर्न थालेपछि उनलाई स्पष्टीकरण सोधेको बताएको छ ।

प्रवक्ता यादवका अनुसार,मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मुख्यमन्त्री सिंहको मनपरी देखेपछि पहिलोपटक पार्टीले स्पष्टीकरण माग गरेको छ । जनताको काम भन्दा औपचारिक कार्यक्रमहरुको उद्घाटनतर्फ मुख्यमन्त्री सिंह बढी सक्रिया बनेको जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप समेत लगाएको छ ।

तर मुख्यमन्त्री सिंहले भने यी स्पष्टीकरण नियमति प्रक्रिया भएको बताए । केही विषयमा त्रुटि भएको हुन सक्ने बताउँदै उनले त्यसलाई सुधार गर्न पार्टीले ध्यानाकर्षण मात्र गराएको जानकारी दिएको भनि बताए ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर