Lucky-Khabar_

एक जना युवती हेटौँडाको होटलमा मृत फेला

१० भदौ,हेटौँडा । हेटौँडा–१० भुटनदेवी मन्दिर रोडस्थित रत्न होटलको कोठाभित्र एक जना युवती मृत फेला परेकी हुन् ।

content ad p2

हिजो आइतबार साँझ होटलको कोठा बुक गरेर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौँडा–११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

प्रहरीका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा एक युवकसँग न्यौपाने होटल पुगेकी थिइन् । सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको उनले बताए ।

न्यौपानेसँगै आएका युवकले उनको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको प्रहरीको प्रारम्भिक अनुमान छ । आइतबार साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा देखिएको छ ।

मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर