Lucky-Khabar_

सवारी चालक अनुमति पत्रको वीरगञ्जमा वितरण रोक

१५भदौ,वीरगञ्ज ।आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वीरगञ्जस्थित यातायात कार्यालयले वितरणमा रोक लगाएको छ। प्रदेश सरकारको आदेशअनुसार यो रोक लागु भएको हो।

प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले १२ भदौमा एक पत्रमार्फत वीरगञ्ज यातायात कार्यालयलाई कुनैपनि वर्गको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न आदेश दिएको थियो। सोही पत्रको आधारमा कार्यालयले आजदेखि सवारी चालक अनुमति पत्रको वितरण प्रक्रिया स्थगित गरेको हो।

content ad p2

यातायात कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “प्रदेश सरकारको आदेशअनुसार लिखित र प्रयोगात्मक परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गरिएको छ।”

यसका कारण १४ भदौदेखि सञ्चालन हुने भनिएको सम्पूर्ण लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया अस्थायी रूपमा रोकिनुले सेवाग्राहीहरूमा अन्योलता सिर्जना भएको छ।

लाइसेन्स बितरण कार्त अर्को आदेश नआउन्जेलसम्मका लागि सबै प्रकारका परीक्षा स्थगित गरिएको जनाइएको छ

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर