Lucky-Khabar_

सप्तऋषिको पूजा गरी आज महिलाहरु ऋषिपञ्चमी पर्व मनाईदै

२३ भदौ, काठमाडौँ ।आज हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल पञ्चमीमा अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाईदै ।

आजका दिन महिलाले बिहानै नदी, खोला, ताल, तथा पोखरीमा तीन सय ६५ वटा गनेको दत्तिउनले दाँत माझ्दछन् भने गाईको गोबर, माटो र खरानी लगाएर नुहाउँछन् ।

content ad p2

धार्मिकग्रन्थमा उल्लेख अनुसार रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट मुक्ति प्राप्त हुने गरिएको बताइन्छ ।

महिलालाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने विश्वास रहेको छ ।

यसर्थ आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानीको प्रयोग गरी नुहाएर पञ्चगव्य सेवन गर्नाले छाइछुईको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

आजको दिन बिहान नुहाएपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित सात ऋषिको पूजा गरिन्छ । सात ऋषिको पूजा गरिने भएकाले आजको दिनलाई ऋषिपञ्चमी भनिन्छ ।

ऋषिपञ्चमीको पूजा गरेपछि नरोपीकन उम्रिएका अन्न, कन्दमूल, कर्कलो आदि खाएर व्रत लिइन्छ । आज ऋषेश्वर मन्दिरलगायतका मन्दिरहरुमा महिलाले ऋषिपञ्चमीको पूजा गर्ने गर्दछन् भने नदी किनार वा घरमै पनि पूजा लगाउने गर्दछन् । आज ऋषिपञ्चमीको पूजा सकिएपछि दर खाएर शुरु भएको तीज पर्व समापन भएको मानिन्छ ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर