६असोज पर्सागढ़ी। जनता समाजवादी पार्टी (जसपा) ले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् ।

कार्यकर्ता भेटघाट तथा चियापान आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफल गर्दै मन्त्री यादवले जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका हुन् ।

जसपा नेपालसँग अलग भएर जसपा गठन गर्नुको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली बताउँदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो । उहाँको पार्टीले केवल नारामै सीमित रहेर जनतामा भ्रम उत्पन्न गरेको छ । मधेसको अधिकार दिलाउने नाममा पटक–पटक सत्तासँग सम्झौता गरेको छ उनले थपे।
त्यस्तै कार्यक्रमा पर्सागढी – ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउँदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गरे । त्यस्तै पर्सागढी – ९ का वडाध्यक्ष रामबढाइ यादवले पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त बनाउन यस प्रकारका छलफलहरू आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जसपाका नेता असलम आलमले स्थानीय विकास निर्माण र सरसफाइका क्षेत्रमा पार्टीको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने बताए । कार्यक्रममा सहभागी नेताहरूले पार्टीको सङ्गठनलाई बलियो बनाउन सबै एकजुट भएर काम गर्नुपर्ने पनि बताए ।
कार्यक्रमको अन्त्यमा मन्त्री यादवले पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दै भने, “पार्टीको सङ्गठन सुदृढ पार्न र मुलुकको समृद्धिका लागि हामी सबैले एकजुट भएर अघि बढ्नुपर्छ । स्थानीय समस्याहरूलाई समाधान गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्न हामी निरन्तर लागिपर्नेछौँ ।”
उक्त कार्यक्रमा वीरगञ्ज – १३ का पूर्ववडाध्यक्ष तुफान अन्सारी, नेता असलम अन्सारी, विद्यार्थी नेता एजाज बाबु राँकी, डा. आमिर आलम, आमिर मन्सुरीलगायतका व्यक्तिहरूको सहभागिता थियो ।


