७असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नयाँ बसपार्क क्षेत्रमा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र साहिब दरबार बिरगंज पर्साको सँयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम गरीएको हो ।


साहिब दरबारका महाराजको प्रमुख अतिथित्यमा कार्यक्रम भएको हो | ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न प्रजातिका २५० विरुवाहरु रोपिएको होे भनि अध्यक्ष खेतानले बताए।
वृक्षरोपण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, नेपाली सेनाको श्रीजंग गण श्रीपुरका प्रमुख सेनानी निराजन कटुवाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी .उपरिक्षक. राधेश्याम धिमाल, भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दुत देवि सहाय मिणा,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख
प्रहरी निरीक्षक लोकराज भट्ट प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल र वडा प्रहरी कार्यालय बिर्ता प्रमुख प्रहरी निरीक्षक निरज चौलागाई,पुर्व युवा संध पर्साका अध्यक्ष कमल चौलागाई,म.न.पा.सरसफाई प्रमुख सर्फुदीन मिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


