Lucky-Khabar_

आज बडा दशैंको सातौं दिन, दसैँघरमा फूलपाती भित्र्याइँएको

२४असोज,बिरगंज।बडा दशैंको सातौं दिन अर्थात् आज घरघरमा शुभसाइतको प्रतीक मानिने फूलपाती भित्र्याउने परम्परा छ। हरेक वर्ष आश्विन शुक्ल सप्तमीको दिन दुर्गा पक्षअन्तर्गत शास्त्रीय विधिपूर्वक नवपत्रिका भित्र्याउने परम्परा रहेको छ।

घटस्थापनाको दिनदेखि नै दुर्गा देवीलाई वैदिक विधिपूर्वक आह्वान गरी पूजा गरिने पूजा कोठा वा दशैंघरमा विशेष प्रकारका वनस्पतिहरू भित्र्याइन्छ
जसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलाई नवपत्रिका भनेर पूजा गरिन्छ। यी सबै वनस्पतिहरू नौवटी देवीको प्रतीकका रूपमा मानिन्छन्।

त्यस्तै धर्मशास्त्र अनुसार नवपत्रिकालाई नौ देवीको प्रतिरूपको रूपमा पूजाआजा गरिन्छ। धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार, केरा ब्रह्माणी, दारिम रक्तदन्तिका, धान लक्ष्मी, हलेदो दुर्गा, मानवृक्ष चामुण्डा, उखु कालिका, बेलपत्र शिवा, अशोक शोकरहिता र जयन्ती कात्तिकी देवीको प्रतीक हुन्। यी देवीहरूलाई नवदुर्गाका सहायकका रूपमा पूजा गरिन्छ।

content ad p2

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए अनुसार फूलपाती भित्र्याउन कुनै शुभ साइतको आवश्यकता पर्दैन।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर