२८ असोज, काठमाडौं । सशस्त्र प्रहरी दिलबहादुर निरीक्षक बडुवालको विपद् उद्दारमा खटिएका बेला निधन भएको छ ।

असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको जानकारी प्राप्त भएको हो।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही क्रममा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।

असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो ।
बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो।

निरीक्षक बडुवाल बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए।
उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनी संगठनमा मिजासिला, हसिलो स्वभाव भएका, जिम्मेवारीप्रति लगनशील अधिकृत रहेका थिए ।


