Lucky-Khabar_

रवि लामिछानेको पक्राउविरुद्ध वीरगञ्जमा रास्वपाको प्रदर्शन

(रामआर्य)
३कार्तिक्, वीरगञ्ज । शनिवार वीरगञ्जमा रास्वपाका नेता-कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । सरकारको कदमको विरोध स्वरूप शान्तिपूर्ण र्‍याली निकाली लामिछानेको रिहाइको मागसहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको छ ।

content ad p2


प्रदर्शनको क्रममा मिना बजार क्षेत्रबाट सरकारको प्रतीकात्मक शव यात्रा निकालिएको थियो, जुन घण्टाघर चोक पुगेर मुख्य जुलुससँग मिसिएको थियो भने
वीरगञ्ज क्लासिक बैंक्वेटमा भेला भएर सुरु भएको र्‍यालीले नगर परिक्रमा गर्दै सरकारको विरोधमा नाराबाजी गरेको थियो ।

जुलुस र कोणसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । कोणसभामा बोल्दै रास्वपा जिल्ला अध्यक्ष हरि पन्तले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भने, “संसदीय छानबिन समितिले निर्दोष ठहर गरिसकेको अवस्थामा पनि रवि लामिछानेलाई फसाउन राज्यका शक्तिहरू प्रयोग गरिएका छन् ।”

पन्तले काँग्रेस र एमालेजस्ता परम्परागत दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको दाबी गर्दै सरकारको यो कदमको कडा प्रतिवाद गर्ने बताए ।

कोणसभामा केन्द्रीय सदस्य नन्दन यादवले पनि लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम भने । उनले काँग्रेस-एमाले नेतृत्वको सरकारको योजनाबद्ध प्रयासले रास्वपा र त्यसका नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाए । यादवले भने, “नेपाली जनताले मन पराउन थालेका लामिछानेलाई न्यायालयले निर्दोष साबित गर्नेमा हामी विश्वस्त छौँ ।”

कोणसभाको सहजीकरण प्रमोद राय माजीले गरेका थीए । प्रदेश सदस्य तुलशा अधिकारी, सुदिश प्रजापती, सब्बु कंडेल पुर्शोतम उपाध्याए,रौतहट निर्वाचन क्षेत्र न.२ का रास्वपा खेत्रिय उपस भापति विवेक पटेल(गुड्डु)पालिका सभापति हरु माधब बस्नेत, प्रदीप पटेल दिप राज पटेल, मुर्ली जलान माइकल् साप्कोटा लगायत नेता कार्यकर्ता हरुको उपस्तिथि तथा जिल्ल सभापति हरि पन्तको नेतृत्वमा भएको जुलुस र कोणसभामा केन्द्रिय सदस्य डा नन्दन यादब, पुर्ब संयोजक दिलिप कुर्मी क्षेत्रीय सभापति हरु जितेन्द्र मिश्र, फैयाज मिया र पालिका सभापति चन्दन यादव लगायतले मन्तव्य राखेका थिए ।

कोणसभाको सहजीकरण प्रमोद राय माजीले गरेका थीए । युवा नेता महादेव प्रसाद कुर्मीका अनुसार, देशभर रास्वपाका समर्थकहरू लामिछानेको पक्षमा एकताबद्ध छन् र सरकारको कदमले कार्यकर्ताहरूलाई कुनै असर पार्न सकेको छैन ।

लामिछानेलाई सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ गरी पोखराको जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । रास्वपाका नेता-कार्यकर्ताहरूले सरकारको यो कदमलाई अस्वीकार्य भन्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन् ।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर