Lucky-Khabar_

गढीमाई मन्दिरमा पहिलो दानपेटिकाको ३ लाख ८७ हजारभन्दा बढी भेटी संकलन

१२कार्तिक,वीरगञ्ज । महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा रहेका ४ वटा दान पेटिकामध्ये सोमबार मुख्य मन्दिरमा राखिएको एउटा दान पेटिका खोलि चढाइएको भेटी गणना सुरु भएको छ ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवका अनुसार घटनास्थापनादेखि कात्तिक ११ गतेसम्म सङ्कलित भेटी गनिँदा ३ लाख ८७ हजार चार सय ७४ रुपैयाँ सङ्कलन भएको छ |

content ad p2

दान पेटिकाबाट नगद भेटीका साथै नेपाली र विदेशी मुद्रा र चाँदीबाट बनेका गढीमाई देवीका ५ जोडी आँखा पनि भेटिएका छन् । गणना सोमबार गढीमाई विकास समितिका पदाधिकारीहरूको रोहबरमा सम्पन्न गरिएको हो भनि मेयर यादवले बताए ।

। गढीमाईको मेला र विशेष पर्वहरूमा देश विदेशबाट श्रद्धालुहरूको उपस्थिति रहँदै आएको छ, जसले भेटीमा विविधता थपेको देखिन्छ ।
गढीमाई मन्दिरमा दसैँ र तिहारको बिचमा भक्तजनहरूको भीड लाग्ने भएकाले ठूलो सङ्ख्यामा भेटी सङ्कलन हुने अनुमान थियो |

दान पेटिकाबाट सङ्कलित सम्पूर्ण भेटी गढीमाई विकास समितिको कोषमा जम्मा हुनेछ । यस रकमलाई मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका काममा खर्च गरिने योजना बनाइएको छ भनि मेयर यादवले जनाए ।

गढीमाई मन्दिरले वर्षभर धार्मिक कार्यक्रमहरू आयोजना गर्नुका साथै विभिन्न अवसरमा दर्शनार्थीहरूलाई सेवा प्रदान गर्दै आएको छ । विशेष गरी गढीमाई मेला, जसमा लाखौँ श्रद्धालु सहभागी हुन्छन्, मन्दिरका लागि मुख्य आर्थिक स्रोतका रूपमा रहने गरेको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर