Lucky-Khabar_

गढीमाई मन्दिरमा पहिलो दानपेटिकाको ३ लाख ८७ हजारभन्दा बढी भेटी संकलन

१२कार्तिक,वीरगञ्ज । महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा रहेका ४ वटा दान पेटिकामध्ये सोमबार मुख्य मन्दिरमा राखिएको एउटा दान पेटिका खोलि चढाइएको भेटी गणना सुरु भएको छ ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवका अनुसार घटनास्थापनादेखि कात्तिक ११ गतेसम्म सङ्कलित भेटी गनिँदा ३ लाख ८७ हजार चार सय ७४ रुपैयाँ सङ्कलन भएको छ |

content ad p2

दान पेटिकाबाट नगद भेटीका साथै नेपाली र विदेशी मुद्रा र चाँदीबाट बनेका गढीमाई देवीका ५ जोडी आँखा पनि भेटिएका छन् । गणना सोमबार गढीमाई विकास समितिका पदाधिकारीहरूको रोहबरमा सम्पन्न गरिएको हो भनि मेयर यादवले बताए ।

। गढीमाईको मेला र विशेष पर्वहरूमा देश विदेशबाट श्रद्धालुहरूको उपस्थिति रहँदै आएको छ, जसले भेटीमा विविधता थपेको देखिन्छ ।
गढीमाई मन्दिरमा दसैँ र तिहारको बिचमा भक्तजनहरूको भीड लाग्ने भएकाले ठूलो सङ्ख्यामा भेटी सङ्कलन हुने अनुमान थियो |

दान पेटिकाबाट सङ्कलित सम्पूर्ण भेटी गढीमाई विकास समितिको कोषमा जम्मा हुनेछ । यस रकमलाई मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका काममा खर्च गरिने योजना बनाइएको छ भनि मेयर यादवले जनाए ।

गढीमाई मन्दिरले वर्षभर धार्मिक कार्यक्रमहरू आयोजना गर्नुका साथै विभिन्न अवसरमा दर्शनार्थीहरूलाई सेवा प्रदान गर्दै आएको छ । विशेष गरी गढीमाई मेला, जसमा लाखौँ श्रद्धालु सहभागी हुन्छन्, मन्दिरका लागि मुख्य आर्थिक स्रोतका रूपमा रहने गरेको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर