Lucky-Khabar_

सर्लाहीमा भीषण आगलागी, पौने ३ करोड बराबरको क्षति

१७ कात्तिक, सर्लाही । शुक्रबार राति भएको भीषण आगलागीबाट सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा ठुलो मात्रामा धनमालको क्षति भएको छ ।

content ad p2

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो । आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

डिएसपी गौतम थापाका अनुसार राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको छ। डिएसपी थापाले नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको बताए।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको छ । शुक्रबार राति ११ः३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताए। स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ ।

आगलागीका कारण खुल्न सकेको छैन । मुख्यबजारमा भएको आगलागी सबैको सहयोगमा नियन्त्रणमा लिन सफल भएकाले थप पसल तथा घरहरुमा क्षति हुन नपाएको स्थानीय वासिन्दाले बताएका छन् । – गोरखापत्रबाट

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर