Lucky-Khabar_

बारामा टाटा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

१९ कात्तिक,वीरगञ्ज । टाटा सुमो दुर्घटना हुँदा बारामा १ जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

content ad p2

काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज ४४२८ नम्बरको टाटा सुमो अनियन्त्रित भई सोमबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–१० मा दुर्घटना हुँदा उक्त टाटा सुमोमा सवार भारत बिहारको मोतिहारी थाना सुगौली रक्सौल बस्ने नविन कुमार साहका छोरा ४ वर्षीय अनमोल कुमार साहको मृत्यु भएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको बयोधा मेडिसिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।टाटा सुमोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#दुर्घटना

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर