Lucky-Khabar_

तराईमा मानिने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो

२३ कार्तिक, वीरगञ्ज । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि तराईमा मानिने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भयो | कार्तिक चतुर्थीदेखि विधिवत रुपमा सुरु भएको सह–संस्कृतिको रुप ग्रहण गर्दै गएको महापर्व छठ अन्तिम दिन आज (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको हो ।
छठको मुख्य दिन हिजो साँझ बर्तालुहरुले छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालु रातभर जाग्राम बसी आज बिहानै उदाँउदो सूर्यलाई अर्घ्य दिन छठ पूजा स्थलमा पुगेका थिए । बिहानैदेखि विभिन्न स्थानमा बनाईएको छठ पूजा स्थलमा प्रसाद सहितको दउरी लिएर उदाउँदो सूर्यको पर्खाईमा रहेका ब्रतालुहरु सूर्य उदाएपछि पूजा आरधना गरि छठको समापन गरेका छन् ।

ब्रतालु र भक्तजनहरु पोखरी, नदि, तलाउमा बनाईएको छठ पूजा स्थलबाट सूर्यको उपासना गरि जल छोएर प्रसाद राखिएको दउरी उठाउदै घरतिर लागेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।

तराईमा विषेस गरि मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ । । सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ती मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदी सहित ५ पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको उल्लेख छ ।

त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको र फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएको उल्लेख छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर