Lucky-Khabar_

महान छठ पर्व अस्ट्रेलियामा मनाईदै: नेपाली भाइचाराको उत्कृष्ट उदाहरण

२३कार्तिक२०८१(8Nov.2024) हिन्दुलाम्बिहरुले शुद्धताका साथ मनाईने लोक आस्थाको पर्व छठ विषेस गरि भारतको बिहार राज्य र नेपालको तराइमा मनाएपनी अमेरिका लगायत अस्ट्रेलिया पनि विषेस रुपले मनाईएको छ|

content ad p2

अस्ट्रेलिया भिक्टोरियाको मेलबर्नमा छठ पर्व करिब सन् २०१३ देखि मनाउदै आएको भनि भिक्टोरियामा बस्ने दिपेन्द्र चौधरिले बताएको छ |
यसपाली पनि अस्ट्रेलियाको मेलबर्न र सिडनी अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर डीगर रेस्टमा आयोजना गरि छठ पर्व मनाईएको छ भनि मधेसी कम्युनिटी इन भिक्टोरियाको अध्यक्ष रंजित साहले बताएका छन् |
रंजित साहका अनुसार हाम्रो बहुसांस्कृतिक समाजलाई निकै सुन्दर रूपमा चित्रण गर्न छठ पर्वले निकै टेवा पुर्याउछ भनि पूर्ण बिश्वास छ |
सनातनकालदेखि चलिआएको परम्परा एवं संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीहरूको नयाँ पुस्तालाई हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको भिक्टोरियामा बसोबास गर्ने रञ्जन श्रीवास्तवले बताउनुभयो।
त्यस्तै अस्ट्रेलिया बस्ने बिभिन्न व्यक्तिहरुले छठ पर्वको वर्णन गर्ने सिलसिलामा ई.आर्यन राउतले यो पर्व,”पर्व मात्र नभई हाम्रो सद्भाव,ममता,भाईचारा र मेलमिलापको महान कार्यको माध्यम पनि भएकोले यसलाई महान पर्व छठ भनिन्छ|” भनि एसबीएस नेपालि निउज मेलबर्न लाई बताएको छ |

उक्त छठ पुजा कार्यक्रममा भिक्टोरिया राज्यका राजनैतिक ब्यक्ति तथा सामाजिक अभियन्ताहरुकोले छठपर्व को औपचारिक कार्यक्रममा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूले उपस्थिति भई सबै नेपाली तथा विदेशी पाहुनाहरूसँग शुभकामना आदान प्रदान गर्नुभएको थियो।
यो पर्वले अस्ट्रेलियामा बसोबास गर्ने सबै ह्सनातनी हिन्दुहरुको मेलमिलाप तथा भाईचाराको बोअध गराएको छ भनि ई. आर्यनले बताएको छ |
त्यस्तै उक्त छठ पुजा कार्यक्रममा नेपा,भारत तथा बिभिन्न मुलुकका र अस्ट्रेलियन नागरिकको उपस्थिति रहेका थिए |

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर