Lucky-Khabar_

धादिङको बेनिघाट ट्रक त्रिशूलीमा खसेको, ३ जनाको उद्धार

४ मंसिर, धादिङको बेनीघाट पृथ्वीराजमार्ग अन्तर्गत रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

content ad p2

नवलपरासीबाट चामल बोकेर काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक बिहान करिब साढे ५ बजे हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।


दुर्घटनास्थलबाट ३ जनाको घाइते अवस्थामा उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा ट्रक चालक नवलपरासीका आशिष महतो, सहचालक राजु थापामगर र ट्रकका धनी सुरेश गुरुङ छन् ।

उनीहरुलाई मझिमटारस्थित बिहानी फार्मेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताएको छ ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर