Lucky-Khabar_

पर्सा प्रहरीले सहकारी प्रकरणमा रबि, छवि र जीविलाई पक्राउ गर्न अनुमति माग

१७ मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३ जनालाई पक्राउ गर्न अदालतसित अनुमति माग गरेको छ ।

content ad p2

वीरगञ् आदर्शनगरस्थित  सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ रकम अपचलन मुद्दामा अनुसन्धानका लागि अनुमति मागेको हो ।

सानो पाईला सहकारीका अध्यक्ष पनि जीवी राई नै हुन् । पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताए ।

  1. सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । एसपी ढुंगेलका अनुसार २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि   गरेको छ

सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो ।सहकारीका कर्मचारी राधेचन्द्र यादवलाई प्रहरी पक्राउ गरेको थियो । उनीपनि ३५ लाख धरौटीमा रिहा भए ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर