Lucky-Khabar_

बाराको पन्चबर्सिय गढीमाई मेलामामा ओर्लियो लाखौं श्रद्धालु भक्तजनहरु, आकर्षणले मेला रौनकपूर्ण

(राम आर्य)
२२मन्सिर्, बारा ।बाराको पन्चबर्सिय विश्वप्रसिद्ध गढीमाई मेलामा दिन प्रतिदिन  लाखौं श्रद्धालु भक्तजनहरूको घुइँचो बढ्दै गएको छ। ५  वर्षमा१ पटक आयोजना हुने यस मेलाले यसपटक महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मूल मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको नेतृत्वमा भव्य रूपमा आयोजना भइरहेको छ।

content ad p2

मेलाको आयोजना महागढीमाई नगरपालिका-१, वरियापुरमा अवस्थित गढीमाई मन्दिर परिसरमा भइरहेको छ। नेपालसहित छिमेकी मुलुक भारत र अन्य देशहरूबाट लाखौं श्रद्धालुहरूले मेलामा सहभागिता जनाइरहेका छन्।

मेलामा आउने भक्तजनहरूले माता गढीमाईसँग आफ्नो मनोकांक्षा पूरा हुने कामना गर्दै भाकल गर्ने र पूरा भएपछि गच्छेअनुसारको फुल, प्रसाद, तथा बलि चढाउने परम्परा छ। यसपटक पनि श्रद्धालुहरूको अत्यधिक भीडले मन्दिर परिसर भरिएको छ। भक्तजनहरूको सुविधाका लागि मेला व्यवस्थापन समितिले पंक्तिबद्ध दर्शनका लागि ब्यारेकेटिङसहितको व्यवस्था मिलाएको छ। विशेष पूजा गर्न चाहनेहरूका लागि रु ५०० को रसिदमार्फत अलग्गै व्यवस्था गरिएको छ।

 मनोरञ्जनका  र विशेषसुबिधाहरू
गढीमाई मेलामा मनोरञ्जनका लागि मौतको कुवा, सर्कस, थिएटर, रोटेपिङ, डुंगापिङ, ट्रेन र रोलर कोस्टर जस्ता आकर्षणहरू राखिएका छन्। साथै, होटल, फुल-प्रसाद, र कास्मेटिक्सजस्ता सामग्रीका व्यवस्थित स्टलहरूले मेलाको रौनक थपेका छन्।

शान्ति सुरक्षाको  व्यवस्था
मेलालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्वयम्‌सेवकहरू खटाइएका छन्। भक्तजनहरूको आकस्मिक स्वास्थ्य समस्याका लागि निशुल्क स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको छ।

नगरप्रमुख यादवका अनुसार आइतबार पञ्चबलि सम्पन्न भएपछि राँगा बलि सुरु हुनेछ भने सोमबार बोका बलि आयोजना हुनेछ। उक्त धार्मिक कार्यको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी गराए।

मेलाको व्यवस्थापन र समग्र तयारीलाई अझ प्रभावकारी बनाउनका लागि कुनै कमजोरी देखिए सुझाव दिन आग्रह गर्दै यादवले मेलालाई सुरक्षित, सभ्य र भव्य बनाउन सबै भक्तजनलाई सहयोग गर्न अपिल गरेका छन्।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर