Lucky-Khabar_

जनकपुर काठमाडौंलाई हराउँदै प्लेअफमा

२७मन्सिर्, काठमाडौं| जनकपुर काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो।

content ad p2

टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो।

जनकपुरका लागि जेम्स निशामले सर्वाधिक २७ रन बनाए। उनले १७ बलमा १ चौका र ३ छक्का हाने। पावरप्लेमा दुई ओपनरलाई गुमाउँदै २४ रन बनाएको छ।


जनकपुरले पहिलो विकेटका रूपमा ४.३ मा ओपनर लाहिरु मिलान्था विकेट किपर राजु रिजालबाट क्याच आउट भए। उनले २० बलमा २ चौकासहित १६ रन बनाए। दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेख ९ बलमा जम्मा २ रन बनाउँदै गेरहार्ड इरास्मासको हातमा टियू एण्डमा क्याच भए।

तेस्रो विकेट जनकपुरका कप्तान अनिल शाहको रह्यो। उनलाई काठमाडौंका स्पिनर दीपेश कँडेलले एलबीडब्ल्यु आउट गरे। उनी ८.२ ओभरमा ११ रन बनाउँदै बाहिरिए। चौथो विकेट साहब आलमले शुम कन्साकरको लिए। उनले ७ बलमा १ चौकासहित ५ रन बनाएका थिए। उनी दीपेश कँडेलको हातमा क्याच भए।

निशामलाई पाँचौं विकेटको रूपमा जनकपुरले गुमायो। हर्ष थाकर २५ रन र मोहम्मद मोसिन १३ रनमा अविजित रहे।

काठमाडौंका लागि करण केसीले २ विकेट लिए। साहब आलम, दीपेश कँडेल र गेरहार्ड इरास्मसले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको हो।

काठमाडौंका लागि गेरहार्ड इरास्मस सर्वाधिक २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३५ रन बनाएको थियो। १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको थियो। त्यसपछि मिडलअर्डर भने काठमाडौंको कोल्याप्स भयो।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा कप्तान करण केसीले १३ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउँदै शेर मल्लको बलमा विकेटकिपर लाहिरु मिलान्थाबाट स्टम्पिङ आउट भए। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा अग्रस्थानमा रहेका छन्।

शेर मल्लले पनि आजको खेलमा ३ विकेट लिए। मोहम्मद मोसिनले २ विकेट लिँदा किशोर महतो र अरनिको यादवले १/१ विकेट लिए।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर